दैलेखमा सत्ता गठबन्धन विच भागबन्डाको सहमति

दैलेख – बिहीबारदेखि जारी प्रदेशस्तरीय सत्तारुढ गठबन्धनको बैठकले दैलेखका पालिकाहरुको सिट बाँडफाँट गरेको छ । ११ वटा स्थानीय तह रहेको दैलेखमा ०७४ मा शून्यमा रहेको नेकपा माओवादी केन्द्रले दुई वटा पालिकामा प्रमुख र चारवटामा उपप्रमुख पाएको छ ।
यस्तै नेपाली काँग्रेसले ६ वटा प्रमुख र ५ वटा उपप्रमुख पाएको छ भने एकीकृत समाजवादीले ३ वटा प्रमुख र दुईवटा उपप्रमुख पाएको छ ।
कुन पालिकामा कुन पार्टीको उम्मेदवार ?
नारायण नगरपालिका
मेयर – नेपाली काँग्रेस
उपमेयर – नेकपा (एकीकृत समाजवादी)
दुल्लु नगरपालिका
मेयर – नेपाली काँग्रेस
उपमेयर – नेकपा (माओवादी केन्द्र)
चामुण्डाविन्द्रासैनी नगरपालिका
मेयर – नेकपा (एकीकृत समाजवादी)
उपमेयर – नेपाली काँग्रेस
आठबीस नगरपालिका
मेयर – नेपाली काँग्रेस
उपमेयर – नेकपा (माओवादी केन्द्र)
महाबु गाउँपालिका
अध्यक्ष – नेकपा (एकीकृत समाजवादी)
उपाध्यक्ष – नेपाली काँग्रेस
नौमूले गाउँपालिका
अध्यक्ष – नेपाली काँग्रेस
उपाध्यक्ष – नेकपा (एकीकृत समाजवादी)
भगवतीमाई गाउँपालिका
अध्यक्ष – नेकपा (माओवादी केन्द्र)
उपाध्यक्ष – नेपाली काँग्रेस
डुङ्गेश्वर गाउँपालिका
अध्यक्ष – नेपाली काँग्रेस
उपाध्यक्ष – नेकपा (माओवादी केन्द्र)
गुराँस गाउँपालिका
अध्यक्ष – नेपाली काँग्रेस
उपाध्यक्ष – नेकपा (माओवादी केन्द्र)
भैरबी गाउँपालिका
अध्यक्ष – नेकपा (एकीकृत समाजवादी)
उपाध्यक्ष – नेपाली काँग्रेस
ठाटीकाँध गाउँपालिका
अध्यक्ष – नेकपा (माओवादी केन्द्र)
उपाध्यक्ष – नेपाली काँग्रेस







परिवर्तन संवाददाता
१२ बैशाख २०७९, सोमबार ०७:५७