Loading... आजः २०८२ पुष ६, आईतवार

लेस्टर र रोमाको बराबरी

काठमाडौं –  युरोपा कन्फरेन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा लेस्टर सिटी बराबरीमा रोकिएको छ ।

बिहीबार राति भएको खेलमा लेस्टरले रोमासँग १-१ गोलको बराबरी खेलेको हो ।

खेलको १५ औं मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गर्दै रोमालाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ६७ औं मिनेटमा रोमाका जियानलुका मान्सिनीले आत्मघाती गोल गरेपछि लेस्टर हारबाट जोगिएको हो ।

कन्फरेन्स लिग अन्तर्गत अर्को खेलमा फियनुर्डले मार्सेलीलाई ३-२ गोल अन्तरले हराएको छ ।