कर्णालीको प्रि–बजेटमाथि छलफल
![]()
वीरेन्द्रनगर – कर्णाली प्रदेश सरकारले ल्याएको विनियोजन विधेयक २०७९ का सिद्धान्त, उद्देश्य, प्राथमिकता तथा प्रमुख नीतिहरुमाथि सोमबारदेखि छलफल सुरु भएको छ ।
छलफलमा सहभागी हुँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता यामलाल कँडेलले सिद्धान्त र उद्देश्यअनुरुप आगामी वर्षको बजेट आए आफूहरुले सहयोग गर्ने बताए ।
सरकारले आगामी आर्थिक वर्ष अधुरा आयोजना कार्यान्वयन गर्ने वर्षका रुपमा लिने विषयलाई प्राथमिकतामा राखेकोमा नेता कँडेलले असन्तुष्टि जनाए ।
नेकपा एकीकृत समाजवादी सचेतक देवी ओलीले अधुरा योजना पूरा गर्नु भनेको सरकार जनताप्रति उत्तरदायी भएको ठानेको बताइन् । उनले अब बजेटमा नयाँ योजना कसरी ल्याउँछ त्यो भने हेर्न बाँकी रहेको उल्लेख गरिन् ।
नेकपा एमालेका सांसद दल रावलले कुशलतापूर्वक बजेट बाँडफाँट कसरी गर्दैछ ? भन्दै प्रश्न गरे । यस्तै सांसद मिनासिंह रखालले जातीय छुवाछुतबाट कर्णाली प्रदेश मुक्त हुन नसकेको भन्दै यसतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिइन् । उनले आफूहरुले दिएका सुझाव बमोजिम बजेट आए सहयोग र सहकार्य गर्ने पनि बताइन् । प्रि–बजेटमाथिको छलफल मंगलबार पनि जारी रहने सभामुख राजबहादुर शाहीले जानकारी दिए । कान्तिपुर दैनिक बाट







परिवर्तन संवाददाता
१६ जेष्ठ २०७९, सोमबार १९:५९