Loading... आजः २०८२ पुष ३, बिहीबार

कर्णाली सरकारले नीति तथा कार्यक्रम मंगलबार ल्याउने

बजेट घटाएर ल्याउने तयारी

 

सुर्खेत  – कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम जेठ २४ गते मंगलबार ल्याउने तयारी गरेको छ ।

आगामी वर्ष अधुरा आयोजना कार्यान्वयन गर्ने नीति अपनाएको कर्णाली सरकारले यसपटक बजेट घटाएर ल्याउने तयारी गरेको हो ।कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले हरेक मन्त्रालयमा बजेट घटेर आउने हुँदा नयाँ योजनामा बजेट जाने सम्भावना कम भएको जनाए ।

मन्त्री विष्टले प्रदेशको सन्तुलित विकास गर्नका लागि आगामी आर्थिक वर्षलाई अधुरा आयोजना सम्पन्न गर्ने वर्षको रुपमा लिइने उल्लेख गरे । ‘सडक, पुल, सिंचाई, खानेपानी, शिक्षा र स्वास्थ्यका आयोजनाहरु सम्पन्न गर्न पर्याप्त रकम विनियोजन गरिनेछ,’ उनले भने, ‘आयोजना बैंक स्थापना गरी सोही बैंकमा रहेका आयोजनाहरुमध्येबाट प्राथमिकताका आधारमा नयाँ आयोजना छनोट गरी स्रोत विनियोजन गरिनेछ ।’

प्रदेश सरकारले आगामी वर्ष नयाँ र दीर्घकालीन महत्त्वका आयोजना प्रस्ताव गर्दा सोको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय अध्ययनको आधारमा वहुवर्षीय आयोजनाको रुपमा स्वीकृत गरी कार्यान्वयन गर्ने नीति पनि लिएको छ । कान्तिपुर दैनिक बाट