माओवादी केन्द्रको पूर्व स्थायी समिति बैठक बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको पूर्व स्थायी समिति सदस्यको बैठक बस्दै छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बैठक बिहान साढे ८ बजे बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।
बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णतालगायत एजेन्डाबारे छलफल हुने भएको छ।
पूर्व स्थायी समिति सदस्यहरूको बैठक यसअघि शनिबार दिउँसो ३ बजेका लागि बोलाएको थियो। तर, तयारी पर्याप्त नभएको भन्दै स्थगित गरिएको थियो। स्थानीय निर्वाचन सकिएपछि माओवादी केन्द्रले बोलाएको यो पहिलो बैठक हो।
निर्वाचनमा तालमेल महानगर र उपमहानगरमा सन्तोषजनक भए पनि धेरै नगर र गाउँपालिका तहमा भने गठबन्धन दलहरूबीच नै प्रतिस्पर्धा भएको अध्यक्ष प्रचण्डले बताउँदै आएका छन्। थाहा खबर वाट







परिवर्तन संवाददाता
२२ जेष्ठ २०७९, आईतवार १०:१३