Loading... आजः २०८२ पुष ८, मंगलवार

अपाङ्गता भएका युवा-युवतीलाई सिलाइ कटाइ तालिम

जाजरकोट-अपाङ्गता भएका युवा(युवतीलाई सिलाइ कटाइ तालिम प्रदान गरिएको छ । हालसम्म बेरोजगार रहँदै आउनुभएका उक्त समुहका युवा(युवतीलाई स्वरोजगारी सृजना गर्न उक्त तालिम प्रदान गरिएको हो ।

तालिम लिई रहेकि  अपाङ्गता युवती सुरसा बोहराले यस कार्यले स्वरोजगार बन्न सहयोग गर्ने बताईन । उनले आफूमा केही गरौं भन्ने भावना भए पनि सीप नभएको कारण त्यतिकै बस्नुुपरेको भए पनि अब भने केही गरेर बाँच्ने बाटो खुलेको बताईन । उनि जस्तै दश जना अपाङ्गता भएका युवा(युवतीहरुले सो तालिम लिई रहहेका छन । एसईईसम्म अध्ययन गरेका तर आर्थिक अभावको कारण अगाडी बढ्न नपाएका ती युवा युवतीलाई तालिमका लागि छनौट गरिएको हो ।

तालिमका लागि सहयोगी निकाय सामाजिक विकास कार्यालयका प्रमुख हर्क बस्नेतले सीप विकास कार्यक्रम अन्तर्गत अपाङ्गता भएकाहरुलाई तालिमको व्यवस्था गरिएको बताए । उनले तीन महिनासम्म तालिम प्रदान गर्ने र त्यसपछि उपकरण प्रदान गरिने बताउनुुभयो । यसरी अपाङ्गता भएकाहरुलाई सीप विकास तालिम दिनुुको मुख्य कारण स्वरोजगार बनाउनुु भएको बताउदै उहाँले सबै जना तालिम सहभागीले तालिमपश्चात् व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता जनाएको बताए।

गोरखापत्र अनलाईन बाट