Loading... आजः २०८३ बैशाख ६, आईतवार

देश बनाउनका लागि भावना, कल्पना र सपना आवश्यक छ : रामचन्द्र पौडेल

काठमाडौं –  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश बनाउनका लागि भावना, कल्पना र सपना चाहिने बताएका छन्।

उनले कला र साहित्यको अवमूल्यन गर्नु नहुने बताएका हुन्।

बिहीवार नेपाल सांस्कृतिक संघले आयोजना गरेको नेपाली कांग्रेस र साहित्य विषयक विचार गोष्ठीमा बोल्दै वरिष्ठ नेता पौडेलले साहित्यले देश बनाउने प्रेरणा जगाउने बताए।

उनले साहित्यले मानिसलाई काम गर्ने प्रेरणा पनि जगाउने भएकाले कला र साहित्यको अवमूल्यन गर्नु नहुने जिकिर गरे।

कला र साहित्यको अवमूल्यन गरेमा प्रगति गर्न नसकिने र नेपालको पहिचान नै समाप्त हुने उनको भनाइ छ।

‘साहित्यले मान्छेलाई काम गर्ने प्रेरणा जगाउँछ। देश बनाउने, राष्ट्र बनाउने प्रेरणा जगाउँछ। साहित्य र कलाको महत्व हामीले अवमूल्यन गर्नुहुन्न। साहित्य र कलालाई हामीले मिनिमाइज गर्‍यौं भनेदेखि वास्तवमा हामी ‘हामी’ हुन सक्दैनौँ’, उनले भने, ‘ हामीले केही प्रगती गर्न सक्दैनौँ। हाम्रो पहिचान नै समाप्त हुन्छ। कल्पनाशिलता, भावुकता, हृदयमा भावना, कल्पना र सपना भएन भने देश बन्दैन। देश बनाउनलाई भावना, कल्पना र सपना चाहिन्छ।’

थाहाखबर बाट