Loading... आजः २०८० चैत्र १६, शुक्रबार

वेपत्ता भएको घण्टौ वित्यो खोजीमा बेवास्ता

दैलेख : विहिवार दैलेखमा अविरल बर्षाका कारण बाढी पहिरो खनियो । बाढीले बगाएर एक जनालाई बेपत्ता बनायो । वेपत्ता हुनेमा दैलेख भैरवी गाउँपालिका–२ का ५१ वर्षीय केशरबहादुर थापा थिए । वेपत्ता भएको घण्टौ वित्यो । थापाको खोजी कार्यमा प्रहरीले वेवास्ता गरिरहेको आफ्न्तले बताए । स्थानीय गाउँका दाजुभाई हरुले खोजी जारी राखेका छन । प्रहरीले खोजीमा वेवास्ता गरेको वेपत्ताका काका तेजबहादुर थापाले बताए ।

उनले भने, ‘गाउँबाट सबै दाजुभाई आएर विहानै देखि खोजी कार्य गरिरहेका छौं ।’ प्रहरीले चासो नदिएको उनले बताए । बगेको ठाउँबाट बेपत्ताको खोजी गर्दै डुङ्गेश्वर गाउँपालिका-२ प्रहरी चौकी नजिकै पुगिसकेका छौं । तर प्रहरीले बेवास्ता गरिरहेको उनको दाबी छ ।

खोला नजिकै तटबन्धनको काम गर्दै गरेका थापालाई बाढीमा परेका थिए । उनीसँगै काम गर्ने ८/९ जना त्रिपालमा बसेका थिए । थापादेखि अरु साथी सयौं मिटर टाढा थिए । थापासँगै दुई महिला थिइन् । महिलाहरु जोगिन सफल भइन् ।

महिलाका अनुसार पहिला जाली बगाएको थियो । तार जाली बचाउँनलाई उनी भेलसम्म पुगेका थिए । बगेको ठाउँबाट केहि तल पुगेपछि हात र टाउको मात्र देखेका थियौं । तर उनी फर्केनन् । बेपत्ता भए । वेपत्ता थापाको घरमा श्रीमती र ३ जना छोरी छन । वेपत्ता थापाको खोजी कार्य प्रहरीले पनि जारी राखेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुपम श्रेष्ठले बताए ।