गण्डकीको मुख्यमन्त्रीमा गुरुङको पनि दाबी
काठमाण्डौ – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेका छन ।
प्रदेश प्रमख सीता कुमारी पौडेलसमक्ष गुरुङले दाबी पेश गरेका हुन । उनले आफूलाई राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थन रहेको दाबी गरेका छन छ । तर नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै शुक्रबार मात्रै ३१ प्रदेशसभा सदस्यको उपस्थितिमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
गण्डकीमा सरकार बनाउन ३१ जना सदस्य चाहिन्छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमतसहित दाबी पेश गर्न आज तीन बजेसम्मको समय दिइएकि थियो ।







परिवर्तन संवाददाता
२९ जेष्ठ २०७८, शनिबार १७:१८