Loading... आजः २०८३ बैशाख ५, शनिबार

नेपालमा २४ घण्टामा ६३९ मा कोरोना पुष्टि, १ हजार ६०० डिस्चार्ज, ३ जनाको मृत्यु

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर र एन्टीजेन विधिबाट ९ हजार ७५६ जनामा गरिएको परीक्षणमा ६३९ जनामा संक्रमण देखिएको बुधबार जनाएको हो ।

पीसीआर विधिबाट ६ हजार ७८२ जनामा परीक्षण गर्दा ४५४ जना र एन्टिजेन विधिबाट २ हजार ९७४ जनामा परीक्षण गर्दा १८५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै २४ घण्टामा निको हुनेको संख्या १ हजार ६०० रहेको छ । सोही अवधिमा ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकमा उल्लेख छ । बुधबारसम्म सक्रिय संक्रमितको संख्या १८ हजार २५१ रहेको छ ।

२४ घण्टामा २ लाख १४ हजार १०३ जनाले खोप लगाएका छन् ।