कांग्रेसले नमाने ऊबिनै गठबन्धन बनाउने नेकपा एसको रणनीति
बिहीबार केन्द्रिय कमिटीको तेस्रो बैठकका बारेमा जानकारी गराउने क्रममा उनले भने, ‘गठबन्धनमा आबद्ध दलमध्ये नेपाली काँग्रेस प्रमुख दल हो। नेपाली कांग्रेसको इच्छा भएन भने नेपाली कांग्रेस बाहेकको गठबन्धन बन्न पनि सक्छ। त्यो कुरा स्वयं नेपाली काँग्रेसलाई संस्थागत रूपमा भन्ने हो भने घाटा पनि हुनसक्छ।’
गठबन्धनमा कांग्रेस सहभागी नबने कांग्रेस स्वयंलाई घाटा हुने बताए। स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस गठबन्धनबाट छुट्टिने दोस्रो तहका नेताहरुको भनाइ सस्तो लोकप्रियताका लागि मात्रै भएको बताए। चर्को नारा र अर्काको आलोचना गर्दा भोट पाइन्छ भन्ने मनोविज्ञानबाट ग्रसित केही नेताहरुले आगामी निर्वाचनमा आफ्नो पल्ला भारी गर्नको लागि आगामी निर्वाचनमा काँग्रेस गठबन्धनबाट नजाने भनिरहेको आरोप लगाए।
नेता तुलाधरले भने, ‘नेपाली कांग्रेसभित्रको शीर्ष नेतृत्व पंक्तिले एउटा कुराकानी गर्ने, दोस्रो पंक्तिका केही नेताहरुले उत्ताउलो बोल्ने जुन गरिरहनु भएको छ, त्यो सस्तो लोकप्रियताका लागि मात्रै हो भन्ने कुरा उहाँहरूकै नेताहरुले भन्नुहुन्छ। नेपाली काँग्रेसभित्र पनि त्यो कुरा छ। नेपाली काँग्रेसभित्र हिजो आन्तरिक चुनाव, महाधिवेशनमा चुनाव जित्नका लागि पनि त्यस्ता चर्को नारा, चर्को कुराहरु, उत्ताउलो कुराहरु अर्कालाई खसाल्ने कुरा, अर्काको आलोचना गर्ने कुराहरु, अर्कालाई उडाउने कुराहरु गर्दा भोट पाइन्छ भन्ने मनोविज्ञानबाट उहाँहरु ग्रसित हुनुहुन्थ्यो।’
गठबन्धन पाँच दललाई नै आवश्यक रहेकोले स्थानीय चुनाव मात्रै नभइ प्रदेश र संघीय चुनावमा पनि गठबन्धनका लागि प्रयत्न गर्न आवश्यक रहेको बताए। चुनाव प्रचारप्रसारका लागि ५ हजारको हाराहारीमा कमिटी बनिसकेको र अबको डेढ महिनाभित्र केन्द्रीय सदस्यलाई वडा तहसम्म परिचालित गर्ने कार्यक्रम लिएर जनतामा जाने बताए।








परिवर्तन संवाददाता
२६ फाल्गुन २०७८, बिहीबार १७:४१