माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको पुर्णता
दैलेख लाई उपेक्षा
सुर्खेत –नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको पदाधिकारी चयन पुर्णता पाएकाे छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी प्रशिक्षण तथा अभिमुखीकरण भेलाले पदाधिकारीको टुङ्गो लगाएको हो ।
गत मंसिर २१ मा प्रदेश अधिवेशनको पहिलो बैठकबाट अध्यक्षमा विमला केसीलाई चयन गरेको भएपनि अन्य पदाधिकारीको टुङ्गो लाग्न सकेको थिएन ।
माओवादी केन्द्र कर्णालीका अनुसार उपाध्यक्षमा कर्णबहादुर बुढाथोकी (सल्यान), ढकवीर राना (जाजरकोट), कृष्ण जिसी (सुर्खेत), सचिवमा धनजित शाही (कालिकोट) लाई सर्वसम्मत चयन गरिएको छ ।
यस्तै, सह–सचिव वीरबहादुर कुवँर (जुम्ला), लालकेश जैसी (हुम्ला), विर्खबहादुर थापा (मुगु), कोषाध्यक्ष मालबहादुर रोका (डोल्पा) लाई जिम्मेवारी प्रदान गरिएको छ । यस्तै, दैलेखले कुनै पनि पदाधिकारी पाएको छैन् ।







परिवर्तन संवाददाता
२७ फाल्गुन २०७८, शुक्रबार २०:४६