Loading... आजः २०८३ बैशाख ५, शनिबार

एमसिसीमा विभाजनको कुरा उठे पनि अहिले एकताबद्ध छौँ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग एमसिसीले पार्टी विभाजनको कुरा उठेको भए पनि अहिले एकताबद्ध भएको बताएका छन्।

प्रेस सेन्टर नेपाल नुवाकोटद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘अहिले हामी आगामी निर्वाचनतिर केन्द्रित छौँ। हामी केन्द्रीय कमिटीबाट दुईमहिने निर्वाचन अभियान सुरु गरेको छ। एमसिसीको सन्दर्भमा पार्टी विभाजनको कुरा उठे। तर, पार्टी एकताबद्ध भएर निर्वाचनमा जाने अभियानमा छौँ।’

एमसिसी जस्ताको त्यस्तै पास गर्न हुँदैन भन्ने पार्टी माओवादी नै भएको दाबी गरे।

प्रचण्डले भने, ‘परिस्थिती फेरिँदै आएपछि आएपछि अकस्मात् व्याख्यात्मक घोषणाको निर्णय आउनु पार्टी पङ्तिमा आश्चर्यजनक कुनै हो नै। माओवादी केन्द्रकै कारणले सडकमा आन्दोलन भइरहेका थियो। सरकारमा पनि हामी विपक्षमै थियौँ। व्याख्यात्मक घोषणाबारे केही समय बहस हुनु स्वभाविक हो। त्यसलाई नकारात्मक ढंगले हेर्न हुँदैन। भिन्न मत राख्नेहरूलाई सम्मान गरेका छौँ।’