Loading... आजः २०८२ पुष १३, आईतवार

महानगर र उपमहानगरको भागबण्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं – सत्ता गठबन्धनले स्थानीय निर्वाचनको भागबण्डा आज मिलाउने दाबी गरेको छ।   सोमबार दुई पटक बसेको बैठकमा सहमति हुन नसकेपछि भागबण्डा मिलाउन गठबन्धनको बैठक आजपनि बस्दै छ।

बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। उनले गठबन्धन दलहरु सहमति नजिक पुगेको दाबी गरेका छन्। मन्त्री कार्कीले ६ महानगर र ११ उपमहानगर गरि १७ स्थानमा सहमतिको नजिक पुगेको बताउदै आज अन्तिम रुप दिने बताएका हुन्।

गठबन्धनले ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको उम्मेदवार केन्द्रले टुंगो लगाउने निर्णय गरेको छ। सोही अनुसार सत्ता गठबन्धन भागबण्डा गरिरहेको छ।

गठबन्धनमा रहेका दलहरुबीच कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगर लिने र भरतपुर महानगर माओवादी केन्द्रलाई दिने विषयमा मोटामोटी सहमति भएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए। पौडेलका अनुसार पोखरामा पोखरा महानगरमा एकीकृत समाजवादी र कांग्रेसले दाबी गरेकोले सहमती हुन ढिलाई भएको पनि बताए।

त्यस्तै गठबन्धन दलहरुबीच ११ उपमहानगरपालिकामा समेत विवाद देखिएको छ। गठबन्धनको दल एकीकृत समाजवादीले धेरै ठाउमा आफ्नो दाबी पेश गरेकाले कुरा नमिलेको बताइएको छ। एकीकृत समाजवादीले एमालेले जितेका ठाउमा आफ्नो दाबी रहने बताउदै आएको छ।

गठबन्धन दलले एकीकृत समाजवादीलाई अपमान गरेको भन्दै अध्यक्ष माधवकुमार नेपालले एमालेले जितेका स्थानीय तहमा समाजवादीको पहिलो हक लाग्ने दाबी गर्दै आएका छन्।