Loading... आजः २०७८ आश्विन ४, सोमबार

क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न सभापति शेरबहादुर देउवालाई , पौडेलको दबाव

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दबाव दिएका छन्।

वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यता वितरणमा त्रुटि भए सच्याउने अवसर प्रदान गर्न पनि पार्टी नेतृत्वले त्यसको सार्वजनिक गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे।

पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्नुपर्ने मुख्य माग राख्दै पार्टीका जिल्ला सभापतिहरूले धर्ना दिईरहेका छन्। सोही धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउन बुधबार पार्टी कार्यालय सानेपा पुगेका वरिष्ठ नेता पौडेलले युद्धस्तरमा काम गरेर भए पनि पार्टीको क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न सभापति देउवासँग माग गरे।

पार्टीको वैधानिक संकट आउन नदिन आगामी भदौ १८ गते वडा अधिवेशन सम्पन्न हुने गरी युद्धस्तरमा काम अगाडी बढाउन पनि पार्टी नेतृत्व गम्भीर हुनुपर्ने दोहोर्‍याए।

‘युद्धस्तरमा अहोरात्र खटिएर क्रियाशील सदस्यहरुको नामावली टुङ्ग्याएर पार्टीलाई वैधानिक संकटबाट बचाउन पर्दछ। संवैधानिक संकटबाट नेपाली कांग्रेसलाई बचाउनुपर्ने अहिले आवश्यक्ता भएको छ। तपाईंहरु सबैलाई थाहै छ, मैले त २०७७ साल मंसिर २८ गतेबाट सुरु भएको महासमिति बैठकदेखि नै कार्यतालिका बनाएर महाधिवेशन गरौं भन्दा सभापतिजीले मेरो कुरा मान्नुभएनु नेता पौडेलले भने।

संकट अन्तिम घडीमा पार्टीको वैधानिक संकटलाई निवारण गर्न केन्द्रीय नेतृत्व इमान्दार भएर लाग्नुपर्ने उनको भनाइ छ। पार्टीलाई बचाउन सबै काममा एक हुनुपर्नेमा उनले जोड दिए।

पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्न आफूले प्रयास गरिरहे पनि पार्टी नेतृत्वले सुनुवाई नगरेको उनको गुनासो छ। पार्टी नेतृत्व इमान्दार भए अझै पनि तोकिएकै समयमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न गर्न सकिने विश्वास उनले व्यक्त गरे।