दैलेखमा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते
दैलेख – दैलेखको नारायण नगरपालिका–६ भुर्तिमा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन् । दुर्घटनापछि उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार आईतबार करिब १२:४५ बजे दैलेख बजारबाट भुर्ति तर्फ जाँदै गरेको भे १ त ४२०२ नम्बरको खाली ट्याक्टर स्टार्ट गर्ने क्रममा एक्कासी पल्टिएको हो।
ट्याक्टर चालक नौमुले गाउँपालिका–८ पैती बस्ने २३ वर्षीय राजु बस्नेत रहेका छन्। ट्याक्टरमा दुई जना सवार रहेकोमा चालकको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते चालकलाई प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको र त्यसपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेतको कालागाउँमा रिफर गरिएको हो।
दुर्घटनाको जानकारी प्राप्त भएपछि प्रहरी सहायक हवलदार विजय बहादुर नगरीको कमाण्डमा २ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीका अनुसार ट्याक्टरमा सवार अर्को व्यक्तिलाई कुनै चोटपटक लागेको छैन। घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब २ किलोमिटर दक्षिणमा पर्ने बताइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।






परिवर्तन संवाददाता
२४ जेष्ठ २०८३, आईतवार १७:३७