दैलेखमा लैङ्गिक समता तथा सामाजिक समावेशीकरणसम्वन्धी तालिम सम्पन्न
दैलेख– लैङ्गिक समता तथा सामाजिक समावेशीकरणसम्वन्धी सामुदायिक सहजकर्ताहरूलाई तिन दिने तालिम सोमबार दैलेख बजारमा समापन भएको छ । सेफ द चिल्ड्रेनको आर्थिक सहयोग, सोसेक नेपाल र चामुण्डा बिन्द्रासैनी नगरपालिकाको समन्वयमा सञ्चालित सानो कदम उज्ज्वल भविष्य ९सार्थक० परियोजनाको आयोजनामा शनिवार देखि सञ्चालन भएको तालिमको मङ्गलवार समापन गरिएको हो ।
तालिमको समापन गर्दै सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले भने “तालिममा सिकेका कुरा घर, विद्यालय र समुदायमा पनि सिकाउन आग्रह गरे ।“ तालिमले लैङ्गिक विभेद कम गर्ने र अपाङ्ग मैत्री विद्यालय बनाउनमा यहाँहरूको ठुलो सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

यस तालिमले कानुनको सामान्य अवधारणा,अपाङ्गताको प्रकार, जन्म दर्ता सम्बन्धी, नागरिकता, अधिकार, मौलिक हक, लौङ्गि समानता, समावेशीकरण किन, संविधानमा महिला अधिकार, मुद्राको प्रकार, हिंसा सम्बन्धी, कार्य स्थलमा हुने यौनजन्य दुर्व्यवहार, उजुर गर्ने निकाय, सजाय र क्षतिपूर्ति, ज्येष्ठ नागरिकता सम्बन्धी कानुनी व्यवस्था र सम्पत्ति सम्बन्धी तालिम दिएको सहजीकरण दुर्गा गिरी र चामुण्डाविन्द्रासैनी नगरपालिकाका महिला विकास निरीक्षक माया कुमारी सिंहले बताइन् ।
लैङ्गिक समता तथा सामाजिक समावेशीकरणसम्वन्धी तिन दिने तालिममा १९ जना सहभागी सामुदायिक सहजकर्ताहरूलाई तालिम दिइएको सोसेक नेपालले ज्वाला सन्देशलाई जानकारी दिएको छ ।







परिवर्तन संवाददाता
२ असार २०८३, मंगलवार ०८:१३