आधारभुत कम्प्युटर र इमिस सम्बन्धित २ दिने तालिम सम्पन्न
दैलेख – नारायण नगरपालिका दैलेखमा शिक्षक,कर्मचारी र सीएलसी परिचालकका लागि आधारभुत कम्प्युटर सम्बन्धित २ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । तालिम नारायण नगरपालिका शिक्षा यूवा तथा खेलकुद विकास शाखाको आयोजनामा शनिबार र आइतबार सञ्चालन भएको थियो ।
दुई दिनसम्म चलेको तालिममा कम्प्युटर हार्डवयरसम्बन्धी आधारभूत विषयमा आधारित रहेर कम्प्युटरको मर्मत, नेटवर्किङ, फाइल सेयरिङ, इमेल–इन्टरनेट, आवश्यक सामग्री डाउनलोड गर्ने, कम्प्युटर तथा प्रिन्टरमा ड्राइभर कसरी राख्ने, एकिकृत सुचना व्यावस्थापन प्रणाली (इमिस) लगायत विभिन्न विषयहरुमा तालिम दिइएको थियो।
नगर प्रमुख लोमन शर्माले भने अधिकांश विद्यालयमा कम्प्युटर, ल्यापटप स्मार्ट बोर्ड जडान हुनुलाई मात्र सूचना प्रविधिको प्रयोग मान्ने गरिन्छ तर त्यसको प्रयोग कसरी गर्ने भन्ने सम्बन्धमा चासो दिएको पाईंदैन त्यसो हुन नदिनको लागि यो तालिमले ठुलो सहयोग पुग्ने बताए । उनले नारायण नगरपालिकाका सबै व बिद्यालयमा रहेका ल्यापटप, कम्प्युटर के कति छन अनुगमन गरी नभएको बिद्यालयमा छानविन गरेर आवश्यकताको आधारमा कम्प्युटर,ल्यापटप र प्रिन्टर दिइने प्रतिवद्धता जनाए ।

विद्यालयमा कम्प्युटर बिग्रिहाल्दा बनाउने जनशक्तिको अभाव भएर कम्प्युटर त्यत्तिकै थन्किइरहेका हुन्छन्। बिद्यालयमा रहेका कम्प्युटरहरुको सामान्य मर्मतसम्भार गरी प्रयोगमा ल्याउने प्रमुख शर्माले भने । नारयणका अधिकाँस बिद्यालयमा भौतिक पूर्वाधार ,शौचालयको अवस्था मर्मत एंवम सुधार गर्नुपर्ने गुनासो राखेका थिए । प्रत्येक बिद्यालयमा शिक्षक प्रविधिमैत्री नभएको अवस्था थियो अब यस कम्प्युटर र इन्टरनेटका सम्बन्धमा तालिमले थप सहयोग पुगेको सहभागि शिक्षकले धारणा राखेका थिए ।
नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ रिजालले बिद्यालयहरु गुणस्तरीय बनाउनमा शिक्षकहरुको मुख्य भुमिका रहेको धारणा राखे । उनले अब बिद्यार्थीहरुलाई प्रविधिमैत्री सिकाईमा जोड दिन अनुरोध गरे । साथै पालिकाको बजेट तथा कार्यक्रम निर्माणको चरणमा रहेको र श्रोतसाधनलाई मध्ये नजर गर्दै आईसिटी सामग्री नभएका बिद्यालयलाई आगामी आर्थिक बर्षमा ब्यावस्थापन गर्नेगरी तयारी भएको जानकारी दिए ।
उक्त तालिममा नारायण नगरपालिका भित्रका प्रावि तहका ३० जना शिक्षक, मावि तहका सामुदायिक बिद्यालयका ९ जना लेखा कर्मचारी सामुदायिक सिकाई केन्द्रका कर्मचारी ३ जना गरी ४२ जनाहरु सहभागि रहेका थिए । तालिमको सहजिकरण धर्मराज खड्का, पार्वती कुमारी शर्मा, र दान बहादुर कठायतले गरेका थिए । तालिममा कम्प्युटर सम्बन्धि आधारभूत शिप, एकिकृत सुचना व्यावस्थापन प्रणाली (इमिस) सम्बन्धि ज्ञानहरु आदानप्रदान भएको शिक्षा अधिकृत सुर्यलाल पाण्डेले जानकारी दिए ।






परिवर्तन संवाददाता
२ असार २०८३, मंगलवार ०८:१८