Loading... आजः २०८३ बैशाख ६, आईतवार

बालिकाले पढ्न पाउनुपर्ने माग गर्दै प्रदर्शन

काबुल – अफगानिस्तानमा छात्राले विद्यालयमा पढ्न पाउनुपर्ने माग गर्दै शनिबार प्रदर्शन गरेका छन्। अफगानिस्तानको राजधानी काबुलमा छात्राले ‘विद्यालय खोल’ भन्ने माग गर्दै शनिबार गरेका हुन्।

विद्यालयमा पढ्न र पढाउन पाउनु आफूहरूको आधारभूत अधिकार भएकाले विद्यालय जान पाउने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।

अगस्ट २०२१ मा तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि देशभरका विद्यालयहरू बन्द गरेको थियो।

अफगानिस्तानमा तत्कालीन तालिबान विद्रोहीले सत्ता कब्जा गरेपछि महिलाहरूलाई अध्ययन अध्यापन तथा रोजगारीलगायतका कार्यमा सहभागी हुन नपाउने घोषणा गरेको थियो। सरकारको उक्त घोषणाको विश्वभर आलोचना भएको थियो। महिलालाई अध्ययन अध्यापन र रोजगारीमा वञ्चित गर्ने निर्णय सच्याउन दबाव परेको थियो।