सुरु भयो नेपाल र अमेरिकी सेनाको संयुक्त अभ्यास

काठमाडौं – नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त तालिम सुरु भएको छ। छाउनीस्थित सिंह महावीर योजना तथा समन्वय महाशाखामा विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी भुवन खत्रीले आइतबार तालिमको शुभारम्भ गरे।
सेनाको रेञ्जर फौज र अमेरिकी सेनाको स्पेशल फौजबीच नियमित प्रक्रिया र अभ्यासका रूपमा ‘ब्यालेन्स नेल’ अभ्यास हुने गरेको छ। अमेरिकी सेना र नेपाली सेनाबीच यस्तो संयुक्त अभ्यास सन् २००३ अगस्टबाट हुँदै आएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए।








परिवर्तन संवाददाता
२१ चैत्र २०७८, सोमबार ०९:१३