Loading... आजः २०८१ बैशाख १३, बिहीबार

राष्ट्रिय झण्डा जलाउने ९ जना पक्राउ

काठमाडौँ : म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा प्रहरीले गायक ग्याल्जोम दोर्जे तामाङ सहित ९ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्‍युरो (सीआईबी) र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गायक ग्याल्जोम दोर्जे तामाङसहित भिडियोमा अभिनय गर्ने ९ जनालाई पक्राउ गरेको हो।

नेपाल प्रहरीका अनुसार घटनाका मुख्य अभियुक्त तामाङसहित पक्राउ गरिएका ९ जनालाई कानुन बमोजिम कारबाही गरिने छ।

दुई दिनअघि ‘देशद्रोही’ शीर्षकमा मंगोल हप अफिसियल युट्युब च्यानलबाट राष्ट्रिय झण्डा जलाइएको भिडियो अपलोड भएको थियो। भिडियो सार्वजनिक भएलगत्तै उक्त घटनाको सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो ।

मुलुकी अपराध संहिता ऐन २०७४, को १५१ को दफा १ र २ अनुसार नेपालको राष्ट्रिय झण्डा जलाउने र च्यात्नेलाई तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै हुने कानूनी व्यवस्था छ ।