बाल सञ्जालका बालबालिकालाई ३ दिने तालिम
दैलेख – भगवतीमाई गाउँपालिकाका बालक्लब व्यवस्थापन नेतृत्व सहजीकरण तथा प्रभावकारी सञ्चार सीप सम्बन्धी ३ दिने तालिम शुक्रबारदेखि सुरु भएको छ। वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग एवं भगवतीमाई गाउँपालिकाको साझेदारीमा सोसेक नेपालद्वारा सञ्चालित आईपीएफ शिल्ड परियोजनाको आयोजनामा यो तालिम दैलेखबजारमा सञ्चालन भएको हो।
बालबालिकाहरूमा नेतृत्व क्षमताको विकास गर्ने, बालक्लबहरूलाई थप व्यवस्थित रूपमा सञ्चालन गर्न सघाउने र उनीहरूको सञ्चार सीपलाई थप प्रभावकारी बनाउने मुख्य उद्देश्यका साथ सुरु भएको यस तालिममा गाउँपालिकाका ७ वटै वडाका वडास्तरीय बाल सञ्जालबाट कुल २१ जना बालबालिकाहरूको सहभागिता रहेको छ।
तालिम उद्घाटनका क्रममा बोल्दै वर्ल्ड भिजनका जिल्ला संयोजक सुरज शर्माले पछिल्लो समय बालक्लबका बालबालिकाहरू पहिलेभन्दा निकै सक्रिय हुँदै गएकोमा खुसी व्यक्त गरे । उनले बालबालिकाको क्षमता अभिवृद्धि गर्न तथा सडक नाटक जस्ता सचेतनामूलक गतिविधिहरू सञ्चालनका लागि आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।






परिवर्तन संवाददाता
१२ असार २०८३, शुक्रबार १६:१९