विश्वभर थप २७ लाखभन्दा बढी कोरोनाका संक्रमित
थपिएका संक्रमितमध्ये फ्रान्समा सबैभन्दा बढी छन्। यहाँ ४ लाख १६ हजार संक्रमित थपिएका छन्। यस्तै‚ अमेरिकामा २ लाख १२ हजार, भारतमा १ लाख ५८ हजार, ब्राजिलमा १ लाख ७१ हजार संक्रमित भएका छन्।
बेलायतमा १ लाख १२ हजार, रसियामा १ लाख २५ हजार, टर्कीमा १ लाख २ हजार, इटलीमा १ लाख ३३ हजार र जर्मनीमा १ लाख ८३ हजार संक्रमित भएका छन्।
यसैबीच पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा कोरोना संक्रमितको मृत्यु भएको छ। मृतकमध्ये अमेरिकामा २ हजार ४९५ र भारतमा १ हजार ७२८ जना रहेका छन्। यस्तै‚ ब्राजिलमा ७६७, फ्रान्समा ३८१, बेलायतमा २१९, रसियामा ६६३, इटलीमा ३३९, स्पेनमा ४०८, अर्जेन्टिनामा २४०‚ पोल्याण्डमा २३९ र कोलम्बियामा २५१ जनाको मृत्यु भएको छ। हाल विश्वभर ७ करोड भन्दा बढी सक्रिय संक्रमित छन्।


विश्वभर थप २७ लाखभन्दा बढी कोरोनाका संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा गरिएका नमुना परीक्षणमा २७ लाख ८६ हजार ४०० मा संक्रमित भएका छन्।






परिवर्तन संवाददाता
१९ माघ २०७८, बुधबार १६:३५