Loading... आजः २०८२ आश्विन ३०, बिहीबार

दैलेखमा ग्याँसको भण्डारण अनुमान भन्दा धेरै रहेको तथ्य सार्वजनिक

नेपाललाई ५० वर्षसम्म पुग्ने अनुमान

कृष्ण शर्मा

असार ५ ,२०८२ विहिबार ।

दैलेख- जिल्लाको को भैरवि गाउँपालिका स्थित जलजले क्षेत्रमा मिथेन ग्यासको भण्डारणको मात्रा अनुमान भन्दा धेरै रहेको तथ्य सार्वजनिक भएको छ ।

विसं २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पु¥याइएको थियो । त्यहाँबाट सङ्कलन गरिएका नमुनाको परीक्षणमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको छ ।

यो जम्मा चार वटा सम्भावित कुवामध्ये पहिलो कुइँकानको मात्रै प्रारम्भिक नतिजा हो । बाँकी तीन कुइँकानको प्रारम्भिक अनुमानअनुसार जलजले क्षेत्रमै कूल चार सय ३० अर्ब घनमिटर ग्यास हुने प्रक्षेपण गरिएको छ । यसले करिब ५० वर्षसम्म नेपालको ग्यास आवश्यकतालाई पूरा गर्नसक्ने सम्भावना देखिएको छ ।
चीनको जिओलोजिकल सर्वे कम्पनीले नेपाल सरकारलाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ । प्रतिवेदन अनुसार २०८१ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो कुवाको ड्रिलिङको काम ४ हजार १३ मिटर गहिराइमा पुगेको थियो । उक्त स्थानमा १ अर्ब १२ करोड घन मिटर मिथेन ग्याँस भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ । चार वटा स्थानमा रहेका भण्डारणबाट करिब ५० वर्ष नेपाललाई पुग्नेगरि ग्याँस हुन सक्ने प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

खानी तथा भूगर्भ विभागका उप–महानिर्देशक तथा पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितका अनुसार नेपाल र चीनबीच २०१९ मा भएको जिटुजी सम्झौतापछि यो काम सुरु गरिएको थियो ।