एमाले उपाध्यक्ष ‘बादल’ र सचिव ज्ञवाली सुर्खेत आउदै

सुर्खेत – अभिमुखीकरण कार्यक्रममा सहभागी हुन नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा ‘बादल’ र पार्टी केन्द्रीय सचिव प्रदीप ज्ञवाली शनिबार आज सुर्खेत आउदै छन् ।
नेकपा एमाले केन्द्रीय स्कुल विभाग, निर्वाचन विभाग र स्थानीय तह विभागको आयोजना तथा कर्णाली प्रदेश कमिटीको व्यवस्थापनमा आयोजना गरिएको कार्यक्रममा नेताहरु सुर्खेत आउन लागेको एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश कमिटीका इन्चार्ज यामलाल कंडेलले बताएका छन ।
करिब २१५ जनाभन्दा बढीको सहभागिता रहने उक्त कार्यक्रमलाई संघीय तथा प्रदेश सांसदहरु, कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यहरु, प्रदेशका पदाधिकारीहरु, पालिका तथा जिससका निर्वाचित प्रमुख–उपप्रमुख र पालिका कमिटीका अध्यक्षहरुको सहभागिता रहनेइन्चार्ज यामलाल कंडेलले जानकारी दिएका छन ।









परिवर्तन संवाददाता
१४ फाल्गुन २०७८, शनिबार ०८:५८