Loading... आजः २०७८ कार्तिक २, मंगलवार

उद्योगपति विनोद चौधरीलाई पनि कोरोना संक्रमण

काठमाडौँ : उद्योगपति तथा राष्ट्रियसभा सांसद विनोद चौधरीलाई कोभिड १९ को संक्रमण भएको छ ।

चौधरीले ट्वीटरबाट शुक्रबार दिउँसो यसबारे जानकारी दिएका थिए । शुक्रबार बिहानै गरिएको पीसीआर परीक्षणमा कोरोना पोजिटिग रिपोर्ट आएको चौधरीले उल्लेख गरेका छन्।

यस्तै व्यवसायी चौधरीले आफू चिकित्सकको सल्लाहअनुसार निवासमै आसोलेट भएर बसेको र अहिलेसम्म कुनै पनि लक्षण नदेखिएको उनले बताएका छन् । आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन पनि चौधरीले आग्रह गरेका छन् ।