Loading... आजः २०८१ बैशाख २३, आईतवार

विप्लव समूहकी नेत्री भुजेललाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ : नेत्रविक्रम चन्‍द विप्लव नेतृत्वको नेकपाकी नेत्री तथा पूर्वसांसद उमा भुजेललाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

आइतबार दिउँसो न्यायाधीश दीपकुमार कार्की र हरिकृष्ण कार्कीको इजलासले भुजेललाई थुनामुक्त गर्न आदेश दिएको हो।

भुजेलको रिहाइको माग गर्दै गत साउन २३ र भदौ ५ गते निवेदन दर्ता भएका थिए । २०७६ पुस १२ गते पक्राउ परेकी भुजेललाई जिल्ला अदालतले थुनामुक्त गर्नेवित्तिकै अदालतको गेटबाटै प्रहरीले पक्राउ गरेको थियो।