Loading... आजः २०८१ बैशाख १४, शुक्रबार

भारतीय पूर्वराष्ट्रपति मुखर्जीको निधन

नयाँदिल्ली : भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई दिल्लीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको थियो ।

साथै मुखर्जीमा कोरोनाभाइरसको संक्रमण समेत देखिएको थियो । मुखर्जीका छोरा अभिजितले भारतीय मिडियालाई जानकारी दिए अनुसार सोमबार अस्पतालमै उपचारको क्रममा उनको निधन भएको हो । केही दिनदेखि नै उनी कोमामा पुगेपछि भेन्टिलेटरको सहायताबाट उपचार गरिएको थियो ।

पछिल्लो समय रक्तचापमा गिरावट आएकाले अवस्था थप गम्भीर बनेको चिकित्सकहरुले बताएका थिए । यसवाहेक उनी फोक्सो सम्बन्धी समस्यासँग पनि केही वर्षदेखि जुधिरहेका थिए ।

अभिजितले सोमबार दिउँसो आफ्नो ट्वीटरमा समेत बाबुको निधनबारे लेखेका छन् । मुखर्जी २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपतिको रुपमा शासन सत्तामा थिए ।