Loading... आजः २०८१ बैशाख २१, शुक्रबार

विश्व सर्वसाधारणको निकास कार्यमा रुसी अवरोधः युक्रेन

रुसी सेनाले सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ जान दिन केही शहरहरुमा अस्थायी युद्धविराम घोषणा गरे पनि त्यो कार्यान्वयनमा नआएको युक्रेनले जनाएको छ ।

 रुसले किभ, खारकिभ, मारिओपोल र सुमी सहरमा सोमबार अस्थायी युद्धविराम घोषणा गरेको थियो । तर, ती शहरहरुमा निरन्तर गोलाबारी र बम बिस्फोट भएका युक्रेनी सेनाले जनाएको छ ।

 रुसी आक्रमणले सर्वसाधारणको निकास कार्य अवरुद्ध भएको युक्रेनले जनाएको छ ।  गत बिहीबारदेखि रुसी सेनाले युक्रेनका विभिन्न सहरहरुमा हमला गरेको छ । रुसी हमलामा ३५२ सर्वसाधारण मारिएको राष्ट्रसंघले जनाएको छ । त्यस्तै युद्धकै कारण १५ लाख मानिसले युक्रेन छाडेका छन् । युद्धबीच विभिन्न देशले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेका छन् ।