Loading... आजः २०८१ बैशाख ८, शनिबार

अमेरिकालाई चीनको आग्रह : अन्तर्राष्ट्रिय दायित्व पूरा गर्नू

बेइजिङ : अमेरिकालाई चीनले अन्तर्राष्ट्रिय दायित्व महसुश गर्न र पूरा गर्न आग्रह गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन अर्टेगसले विश्व स्वास्थ्य संगठन बारे अभिव्यक्ति दिएपछि चीनको विदेश मन्त्रालयबाट यस्तो प्रतिक्रिया आएको हो ।

बेइजिङमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुविङले अन्तर्राष्ट्रिय दायित्व महसुश गर्न र पूरा गर्न अमेरिकालाई आग्रह गरेकी थिइन्।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन अर्टेगसले हालै विश्व स्वास्थ्य संगठनसँग अमेरिकी सम्बन्ध तथा सहयोग घटाउँदै लैजाने र त्यसमा अमेरिकाले थप निर्णय गर्ने बताएका थिए ।

चीनले भने अमेरिकाको यस्तो प्रतिक्रियाप्रति आपत्ति जनाउँदै अन्तर्राष्ट्रिय दायित्व बुझ्नुपर्ने र पालना गर्नुपर्ने सुझाव दिएको हो । महामारीका बेला मिलेर काम गर्नुपर्ने पनि चिनयाँ अधिकारीको भनाइ थियो ।

अमेरिकाले भने पछिल्लो समय विश्व स्वास्थ्य संगठनसँगको सम्बन्धलाई नै टुटाएको छ । उसले डब्लुएचओलाई दिँदैआएको आर्थिक सहायताको काम पनि रोकेको जनाएको छ । अमेरिकाले यसअघि पनि डब्लूएचओलाई चीनसँग मिलेको भन्दै आरोपहरु लगाउँदै आएको छ ।