Loading... आजः २०८१ बैशाख ८, शनिबार

आठबिसकोटमा कांग्रेसबाट दर्जनौँ कार्यकर्ता नेकपा प्रवेश

रुकुम पश्चिम : रुकुम पश्चिम आठबिसकोट नगरपालिका–९ स्थित नेपाली कांग्रेसका एक दर्जन बढी कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।

नेकपा जिल्ला कमिटी सदस्य मनीराज बटालाले अविर लगाएर उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । प्रमुख अतिथिको रुपमा विष्टले उनीहरुलाई पार्टी प्रवेश गराएका थिए । साथै पार्टी प्रवेश गराउने कार्यक्रममा ९ नम्बर वडाका पार्टी अध्यक्ष खडानन्द रिजालको पनि भूमिका थियो ।

कांग्रेस कार्यकर्तालाई पार्टी प्रवेश गराएसँगै भीमबहादुर विष्टको नेतृत्वमा नेकपाको टोल कमिटी गठन भएको छ । २१ सदस्यीय उक्त कमिटीमा गोपाल बटाला सचिवको रुपमा रहेका छन् ।

साथै नेकपाका नवप्रवेशी कर्ण बहादर खत्री, वीरबहादुर नेपाली, अन्जन बटाला, लक्ष्मण बटाला, डिल्ली बिक, प्रकाश विष्ट, धर्मे कामी, दिपेन्द्र विष्ट, मनोज विष्ट, नवराज विष्ट र सुर्जित विष्ट लगायतको कमिटी गठन भएको हो ।

भेलामा नवप्रवेशी नेता तथा कार्यकर्ताले नेपाली कांग्रेसले जनताको हितमा केही काम गर्न नसकेकाले नेकपा प्रवेश गरेको बताए । साथै गैरराजनीतिक गतिविधि गरेकाले आफूहरु नेकपामा समावेश भएको उनीहरुको भनाइ थियो । उनीहरुमध्ये वडा सदस्य समेत रहेका लक्ष्मण बटालाले कांग्रेसकै कारण युवाहरु पछाडि परेको दावी गरेका छन् ।

कार्यक्रममा नेकपाका जिल्लास्तरीय प्रभावशाली नेता मनीराज बटालाले नवप्रवेशीहरुलाई अविर र फूलमाला लगाएर स्वागत गरेका थिए । यस्तै प्रमुख अतिथिको रुपमा उनले भेलालाई सम्बोधन पनि गरेका थिए । उनीसँगै वडा कमिटीका अध्यक्ष खडानन्द रिजाल लगायत अन्य स्थानीय नेताले पनि नवप्रवेशीलाई स्वागत गरे ।