Loading... आजः २०८३ बैशाख ८, मंगलवार

कर्णाली प्रदेशस्तरीय पानी परीक्षण प्रयोगशाला स्थापना

वीरेन्द्रनगर -कर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना भएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलय कर्णाली प्रदेशस्तरीय पानी परीक्षण प्रयोगशाला स्थापना गरेको छ । पानी परीक्षणको काम व्यवस्थित अत्याधुनिक भवन निर्माण गरी तत्काल सुरु गर्न लागिएको ऊर्जामन्त्री गशेशप्रसाद सिंहले बताए । पानी परीक्षण गर्न मोबाइल भ्यानको व्यवस्थापनसमेत गरिएको छ । मन्त्रालयले १० जिल्लमा किट बक्ससहितको पानी जाँच गर्ने उपकरण पठाएर शुद्ध पानीको मापनको काम सुरु गर्न निर्देशन दिएको छ ।

‘अहिले आवश्यक उपकरण भएकाले स्थानीयवासीले बोलाउनबित्तिकै तत्काल पानीको अवस्थाबारे पत्ता लगाउन सकिने छ,’ मन्त्री सिंहले भने, ‘कर्णालीमा दूषित पानीको अवस्था भयावह छ, अबको केही महिनामा यो समस्याको अत्य हुन्छ ।’ कर्णाली प्रदेशका १० जिल्लामा ९६ प्रतिशत नागरिकले दूषित पानी खान बाध्य भएको नेपाल नगरपालिका संघको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयले दुई करोड रुपैयाँको लगानीमा लगानीमा प्रयोगशाला राख्नकालागी भवन निर्माणको काम सुरु गरेको छ । १० जिल्लाको खानेपानी तथा सरसफाइको अवस्था एकैपटक पत्ता लगाउन र सूचना आदान प्रदान छिटो छरितो सम्प्रेषण गर्नका लागि एनवास एप्लिकेसन प्रशिक्षक तालिम सुरु गरेको मन्त्रालयले जनाएको छ । कान्तिपुर दैनिक बाट