पहिरोले घर पुरिँदा जाजरकोटमा एक बालकको मृत्यु
![]()
जाजरकोट – पहिरोमा परी जाजरकोटमा एक जना बालकको मृत्यु भएको छ । भेरी नगरपालिका–५ इबरका रमेश विकका ५ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको हो । गएराति परेको अविरल वर्षापछि आएको पहिरोले घर पुर्दा ती बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा परी रमेश पनि घाइते भएका छ्न । उनको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । परिवारका अन्य ४ सदस्य भने सकुशल रहेका छन् ।







परिवर्तन संवाददाता
१८ असार २०८१, सोमबार १७:१८