Loading... आजः २०८१ बैशाख १४, शुक्रबार

छाउगोठमा बस्दा शरिरको बाँया भाग जल्यो, उपचार जारी

कर्णालीका अधिकांश जिल्लाका महिलाहरु छाउ वार्ने

सुर्खेत, २७ साउन ।
महिनावारुी भएका समयमा कर्णालीका अधिकांश जिल्लाका महिलाहरु छाउ वार्ने गरेका समाचार नयाँ होइनन । सरकारी तथा गैरसरकारी संघसंस्थाले विभन्न समयमा छाउपडी प्रथाको छाउगोठ भत्काउने अभियान नचलाएका होईनन्, तर ती अभियानहरु खेर गए त नभनौं अहिलेपनि गाउँमा साँघुरो गोठको साटो घरकै गोठमा बस्ने गरेको दैलेखको दुल्लुमा असार ८ गते घटेको हृदय विदारक घटनाले पुष्टि गर्छ । सूरुमा छारेरोगका कारण उनी चुलोमा खसेका कारण बाँया तीरको शरि जलेको भनिएपनि अहिले मात्रै छाउगोठमा बस्दा उक्त घटना भएको बाहिर आएको छ ।
छाउगोठमा बसिरहेको बेला आगलागिमा परेर दुल्लु नगरपालिका वडा नं. ६ कुसाकोटकी बसन्ती विकको शरिरको बायाँ भाग जलेको थियो । हाल उनको कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा निःसुल्क उपचार भइरहेको छ । विगतमा छाउगोठमै सर्पले डसेर मृत्यू भएका घटना घटेको एक वर्ष पछि यस्तो घटना घटेको हो ।
क्वारेन्टिनमा बसेर भरखरै घर गएकी वि.क छाउगोठमा बसेको ४ दिन पछि छारे रोगका कारण पल्टिएर आगोमा परी जलेको उनका छोरा रुपेन्द विकले जानकारी दिए । लोकान्तरसँग कुुरा गर्दै उनले गत असार ८ गते घटना भएको भए पनि गााउँमै झारफुक र जडिबुटि उपचार गर्दा घाउमा किरा परेपछि असार १६ गते उनले कालागाउँ अस्पतालमा ल्याएका थिए । हामीले सुरुमा त्यहाँका नीजि अस्पतालमा उपचार गर्न लिएका थियौं । रुपेन्द्रले भने, त्यहाँ निको हुने नदेखिएपछि सुर्खेतमा ल्याएका हौैं । यहाँका डाक्टर सावले निःशुल्क अप्रेशन गरिदिनु भएको छ । छिट्टै आमालाई डिस्चार्ज गरेर घर लैजान्छु ।
भारतका विभिन्न स्थानमा रोजगारीका लागि जाने उक्त दलित परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको थाहा पाएपछि उनको निःशुल्क उपचार गरिएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।
डा. खड्काका अनुसार उनको अप्रेशन सफल भइसकेको छ ।
स्मरण रहोस् कर्णालीमा अघिल्लो बर्ष सरकारले छाउगोठ भत्काउने अभियान चालेको भए पनि ग्रामिण इलिकाहरुमा महिलाहरुले यस्तो पिडा भोग्दै आएका छन् । यो विषयमा सरकोकार वालाहरुको बेलैमा ध्यान जान जरुरी छ ।