रेल्वे सेवाको देउवा र मोदीले शनिबार भर्चुअली उद्घाटन गर्ने
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यामबाट शनिबार नेपाल रेल सेवाको उद्घाटन गर्ने भएका छन्।
प्रधानमन्त्री देउवा र भारतका समकक्षी मोदीले शनिबार दिउँसो साढे १२ बजे नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट सो रेल सेवाको अर्चुअली उद्घाटन गर्ने भएका हुन्।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले यसअघि नै संचालनमा आएको सो रेल सेवा विस्तारसहित पुनः संचालनका ल्याउन लागिएको र त्यसको औपचारिक उद्घाटन प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले भर्चुअली संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए।
त्यसका लागि जनकपुर रेल्वे स्टेशनमा मण्डल निर्माण गरिएको छ। जयनगरमा अतिविशष्ट व्यक्तिहरु रहने र त्यहाँबाट प्रोजेक्टरमा दिल्लीमा हुने उदघाटन कार्यक्रम देखाइनेछ।









परिवर्तन संवाददाता
१८ चैत्र २०७८, शुक्रबार १३:१८