राप्रपा नेपालको झण्डा सगरमाथामा फहराईने
काठमाण्डौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको झण्डा सगरमाथामा फहराईने भएको छ।
आरोही पासाङ्ग शेर्पाले सगरमाथा आरोहण गर्ने क्रममा राप्रपा नेपालको झण्डा फहराउने भएका हुन्।
आज काठमाडौ जिल्ला समितिद्वारा आयोजित अगुवा कार्यकर्ता भेलाको क्रममा सगरमाथाको चुचुरोमा राप्रपा नेपालको झण्डा फहराउने आरोही पासाङ्ग शेर्पाको ईच्छा अनुरुप पार्टी अध्यक्ष कमल थापाले पार्टीको झण्डा शेर्पालाई हस्तान्तरण गरेका हुन्।
अध्यक्ष थापाले आरोही शेर्पालाई सफल सगरमाथा आरोहणको निमित्त शुभकामना दिएका छन्।









परिवर्तन संवाददाता
२२ चैत्र २०७८, मंगलवार २१:३५