Loading... आजः २०८१ बैशाख २०, बिहीबार

नेकपा (एस) रुकुम पश्चिमको अध्यक्षमा शर्मा

रुकुम पश्चिम — नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको जिल्ला अध्यक्षमा हरिप्रसाद शर्मा चयन भएका छन् । जिल्लास्तरीय कार्यकर्ता भेलाले मंगलबार शर्माको नेतृत्वमा नयाँ जिल्ला कमिटी गठन गरेको हो ।

मंगलबार केन्द्रीय उपमहासचिव विजय पौडेलको प्रमुख आतिथ्यमा भएको भेलाले १ सय ३ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । शर्मा यसअघि जिल्ला सचिव थिए ।

कमिटीको उपाध्यक्षमा माधवप्रसाद शर्मा, कल्यानी खड्का, सचिवमा सुरज परियार, उपसचिवमा धनराज खड्का, सीताराम देवकोटा र मोहविर विष्ट चयन भएका छन् । एक व्यक्ति एक जिम्मेवारी पार्टीको नीति अनुरुप जिल्लाको नेतृत्व चयन गरिएको निवर्तमान अध्यक्ष विमलकुमार पुनले बताए ।

पुन केन्द्रीय सदस्य समेत हुन् । नेकपा एमाले विभाजित बनेर नेकपा एकीकृत समाजवादी बन्दा एमाले रुकुम जिल्ला कमिटीका अध्यक्ष, सचिव, उपसचिव लगायत मुख्य पदमा रहेका नेताहरु एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।