https://thahakhabar.com/news/149621/

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले, एमाले अध्यक्ष केपी शर्मा ओली गफाडी भएकाले कुनै काम नभएको टिप्पणी गरेका छन्।
उनले भने,‘गफाडीकाे कुनै काम छैन, गफाडीलाई गफ र अरुको अपमान गर्न दिनुस्।’
काठमाडौंमा आयाेजित आमसभामा बाेल्दै नेपालले देश निर्माणको संकल्प र स्वाभिमानलाई बोकेर विदेशीहरूसँग मित्रताको सम्बन्ध राख्नुपर्नेमा जाेड दिए।
उनले आफ्नो पार्टीमा तीव्र जनलहर आएको समेत दाबी गरे।
साथै उनले अबको लक्ष्य भनेको समाजवादको बाटो हुनुपर्ने जनाए।
अन्याय र असमानतालाई हटाएर समृद्धिको सिद्धान्तमा हिँड्नुपर्ने उनकाे भनाइ छ।








परिवर्तन संवाददाता
२६ चैत्र २०७८, शनिबार १८:५०