Loading... आजः २०७८ श्रावण ११, सोमबार

प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटारमा

धेरैजसो काम गर्दा शुभ साइत हेर्ने

 

काठमाण्डौ : प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेकाछन। बिहान ९ बजेर ५७ मिनेटको शुभ साइतमा बालुवाटार सरेको उहाँको निजी सचिवालयले जनाएको छ।

धेरैजसो काम गर्दा शुभ साइत हेर्ने उनले आज पनि साइत पारेर बालुवाटार सरेको बुझिएको छ ।

गएको मंगलवार प्रधानमन्त्रीमा नियुक्त भए पनि उनिआज बालुवाटार सरेका हुन। सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमवार संसद पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अस्ति निजी निवास बालकोट सरिसकेका थिय ।