Loading... आजः २०८० चैत्र ३०, शुक्रबार

सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

सरकारमा सहभागी हुने मन्त्रीहरूबारे छलफल गर्ने तयारी

 

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो २ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पदाधिकारी बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूबारे छलफल गर्ने तयारी छ । कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाए पनिअन्य मन्त्रीबारे निर्णय हुन बाँकी छ ।

मन्त्री बन्ने आकांक्षीहरु धेरै भएपछि नाम टुङ्गो लगाउन पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव बढेको छ । देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफलबाटै मन्त्रीको टुंगो लगाउने यसअघि नै बताउनुभउको थियो ।

तर सबैलाई समेटेर मन्त्री बनाउनु पर्ने भएकाले यसमा सबैलाई चित्त बुझाएर निष्कर्षमा पुग्न देउवालाई सहज छैन । यस्तै पदाधिकारी बैठकमा पार्टीको आशन्न १४औं महाधिवेशन र क्रियाशील सदस्यता वितरणमा देखिएका विवादबारे पनि छलफल गर्ने बताइएको छ ।