Loading... आजः २०७८ भाद्र २९, मंगलवार

नेपालले साफ च्याम्पियनशिप आयाेजना गर्न औपचारिक प्रस्ताव प्राप्त गर्‍याे

प्रस्तावसहित एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई पत्र

काठमाण्डाै – अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) ले अक्टोबरमा आयोजना हुने १३ औँ संस्करणको साफ च्याम्पियनशिप आयोजना गर्नका लागि औपचारिक प्रस्ताव प्राप्त गरेको छ । साफका महासचिव अनवारुल हकले पछिल्लो च्याम्पियनशिप नेपालमा आयोजना गर्न प्रस्तावसहित एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेका छन ।

अब च्याम्पियनशिपको विस्तृत प्रस्ताव तयार हुने र स्वीकृतिका लागि साफमा पठाउने एन्फका महासचिव इन्द्रमान तुलाधारले बताएका छन। अब एन्फाले पठाएको प्रस्तावको समीक्षापछि साफका अध्यक्ष र साफ कार्यकारी कमिटीले प्रतियोगिताको आयोजकका बारेमा अन्तिम निर्णय लिनेछ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण बङ्गलादेश फुटबल महासङ्घ आयोजकबाट पछि हटेपछि आयोजना कसले गर्ने भनेर गएको जुलाई २३ मा सदस्य देशबीच एम भर्चुअल बैठक भएको थियो ।

यसअघि नेपाल सन् १९९७ र २०१३ मा साफको आयोजक बनेको थियो ।