Loading... आजः २०७८ भाद्र २९, मंगलवार

औद्योगिक ग्राम सञ्चालनमा कर्णाली सरकारको लापर्बाही

हालसम्म कार्यविधिनै बनाउन सकेन

 

 

 दैलेख  : औद्योगिक ग्राम सञ्चालनमा कर्णाली सरकारको लापर्बाही गरेको पाईएको छ ।

तत्कालीन संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले ०७६ जेठमा प्रदेश राजधानी वीरेन्द्रनगरमा निर्माणधिन लघु औद्योगिक ग्राम प्रदेश सरकारलाई हस्तान्तरण गरे । त्यो समयमा औद्योगिक ग्रामको काम झण्डै ५५ प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको थियो ।
६ महिनाभित्र सञ्चालनमा आउनेगरी त्यतिबेला निर्माणको कामलाई तीव्रता दिईएको थियो। तर, हाल भने निर्माण सम्पन्न भएको लामो समय भइसक्दा पनि ग्राम सञ्चालनमा आउन सकेको छैन ।

उद्योग मन्त्रालयले ग्राम सञ्चालनको जिम्मा प्रदेश सरकारलाई दिएपनि प्रदेश सरकारले सञ्चालनमा उदासिनता देखाएको हो ।
प्रदेश सरकारले औद्योगिक ग्राम सञ्चालनका लागि हालसम्म कार्यविधिनै बनाउन सकेको छैन । जसका कारण निर्माण गरिएको लघु औद्योगिक ग्राम अलपत्र परेको छ।

झण्डै १५ करोड १६ लाख रुपैयाँको लागतमा ग्राम निर्माणको जिम्मा एसबीए/ रविन जेभीले ०७४ फागुनबाट लिएको थियो ।