Loading... आजः २०८३ बैशाख ६, आईतवार

नवौं एनभीए पुरुष क्लब भलिबल च्याम्पियनसिपमा रुकुम पश्चिमको विजयी सुरुआत

नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विदेशी खेलाडीसम्मिलित रुकुम पश्चिमले विजयी सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा शनिबार बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

योसँगै समूह ‘बी’ मा रहेको रुकुम पश्चिमले ३ अंक हात पारेको छ। बुढानिलकण्ठले तीनवटै सेटमा चुनौती प्रस्तुत गरेको थियो। तर, तीन पाकिस्तानी खेलाडी मजर अली, वालिद खान र अहमद खानलाई पहिलोपल्ट टोलीबाट उतारेको रुकुम पश्चिमले सहजै खेलमा आफ्नो पकड बनायो।

पहिलो सेट रुकुम पश्चिमले २५–१९ ले आफ्नो बनायो। तर, दोस्रो र तेस्रो सेटमा बुढानिलकण्ठले उत्तिकै चुनौती दियो। तर, दुवै सेट २५–२१ ले गुमाउन पुग्यो।