Loading... आजः २०८१ बैशाख १९, बुधबार

रवी गाउँपालिकामा अज्ञात समुहद्धारा लुटपाट

बेहोस तीनै जनाको सामान्य उपचारपछि सुर्खेत रेफर

कृष्ण शर्मा । सुर्खेत – दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नं.१ रावतकोटको गुयालिटोलमा बिहेबार साझँ अज्ञात समुहद्धारा लुटपाट भएको छ ।

भैसी किन्ने बहाना बनाई तीनजनाको समुहले सेते खत्रिको घरमा आएर खाना खाने क्रममा नाम नखुलेको औषधि खुवाई धनसम्पति लुटेको बुझिएको छ ।

६९ वर्षिय सेते खत्रि उनकि श्रीमति ६९ वर्षिया माग्ली खत्रि र छोरि ४८ वर्षिया नानकला खत्रि बेहोस अबस्थामा भेटिएको स्थानियले जनाएका छन । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बेहोस तीनैजनाको दैलेख अस्पतालमा सामान्य उपचारपछि सुर्खेत रेफर गरिएको जनाईएको छ ।

के–कति सामग्रि लुटिएको भन्नेबारे अझै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले जानकारि दिएका छन । घटनाको थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरिक्षक नेत्र बुढाको नेतृत्वमा टोलि परिचालन गरिएको छ । भने स्थानियले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरि कारबाहीको माग समेत गरेका छन ।