Loading... आजः २०८१ बैशाख ११, मंगलवार

हतारमा शिलान्यास, निर्माण गर्न छैन चासाे

 

सुर्खेत –गएको मंसिर १५ गते कर्णाली प्रदेशका विभिन्न स्थानीय तहका गरी ४२ वटा स्थानमा आधारभूत अस्पताल भवनको शिलान्यास गरियो । विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० विनै हतारमा अस्पताल भवनको शिलान्यास भयो । भौतिक संरचना बनाउनु अघि डीपीआरलगायतका पूर्वतयारी नगरिँदा शिलान्यास भएको लामो समयसम्म पनि भवन निर्माण कार्य थालिएको छैन । शिलान्यास गरिएको झण्डै १० महिना भएको छ । यो अवधिसम्म केही पालिकाबाहेक धेरैजसोले टेण्डर प्रक्रिया नै सुरू नगरेका हुन् ।

धेरैजसो भवनको अहिलेसम्म डीपीआर समेत बनेको छैन । निर्माण गर्ने भनिएका आधारभूत अस्पताल पाँचदेखि १५ शैय्या सम्मका हुन् । शिलान्यास गर्न संघीय सरकारका मन्त्री, राज्यमन्त्री, प्रदेशका मुख्यमन्त्री र सांसदहरू स्थानीय तहमा पुगेका थिए ।

सोही समयमा कालीकोटको नरहरिनाथ गाउँपालिका–३ स्थित कुमालगाउँमा १५ शैड्ढयाको अस्पताल भवनको शिलान्यास गरिएको थियो । उक्त स्थानमा अस्पताल निर्माणको प्रक्रिया अगाडि बढेको छैन । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गलाल न्यौपानेले शिलान्यास गरिएको स्थानमा अस्पताल भवन निर्माणका लागि जग्गा नपुग्ने देखिएको बताए ।

‘जमिन कम भएका कारण अस्पताल निर्माणको काम अघि बढाइएको छैन,’ उनले भने, ‘अहिले डीपीआर रिभिउ गर्ने काम गरिरहेका छौं ।’ उनका अनुसार शिलान्यास गरिएको भन्दा अर्को ठाउँमा भवन निर्माणको तयारी थालिएको छ । जग्गाको टुङ्गो लागिसकेकाले यही आर्थिक वर्षमा निर्माण थालिने न्यौपाने बताउँछन् । अस्पताल निर्माणका लागि १८ करोड बजेटमध्ये गत आर्थिक वर्षमा तीन करोड रकम गाउँपालिकाले निकासा गरिसकेको उनले जनाए ।

यस्तै, सुर्खेतको चौकुने गाउँपालिका–४ बिजौरामा अस्पताल भवन निर्माणको प्रक्रिया बल्ल सुरू गरिएको छ । १८ महिनामा काम सक्ने गरी ठेकेदार कम्पनीसँग भवन निर्माणको सम्झौता भएको हो । १५ शैड्ढयाको अस्पताल निर्माणका लागि १२ करोड १६ हजार बजेट रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकेन्द्रबहादुर बुढाले बताए ।

दैलेखको गुराँस गाउँपालिका–४ मा समेत मंसिर १५ गते नै १५ शैड्ढयाको अस्पताल निर्माणको शिलान्यास भएको हो । उक्त पालिकामा पनि भवन निर्माणको काम हालसम्म थालिएको छैन । वडा नं। ४ का अध्यक्ष खड्कबहादुर शाहीले शिलान्यास भएको बाहेक भवन निर्माणका विषयमा आफूलाई कुनै जानकारी नभएको जनाए ।

गत कार्तिक २५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभर ५, १० र १५ शैड्ढयाका अस्पताल निर्माण गर्न सम्बन्धित स्थानीय तहलाई पत्र पठाइसकेको र अर्थ मन्त्रालयमार्फत जग्गा प्राप्तिका लागि रकम समेत पठाइसकेको अवस्थामा पनि स्थानीय तहले डीपीआर तयार गरेका थिएनन् ।

कार्तिक २८ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवस्तरीय बैठकले देशभरका तीन सय ९६ वटा स्थानमा एकैसाथ अस्पताल भवन शिलान्यास गर्ने प्रबन्ध मिलाउन अनुरोध गरेको थियो । सोही बैठकको निर्णय बमोजिम कर्णालीका ४२ वटा स्थानमा अस्पताल भवन निर्माणका लागि शिलान्यास गरिएको थियो । तर, तीमध्ये अधिकांश पालिकाहरूमा अहिलेसम्म भवन निर्माणको कामले गति नलिएको हो ।

कर्णालीका ती आधारभूत अस्पताल निर्माण तथा स्तरोन्नतिका लागि संघीय सरकारले पहिलो चरणमा ५२ करोड ७६ लाख २० हजार बजेट विनियोजन गरेको थियो । पाँच शैड्ढयाका लागि ७० लाख, १० शैड्ढयाका लागि ८५ लाख र १५ शैड्ढयाका अस्पतालका लागि एक करोड बजेट सम्बन्धित पालिकामा पठाइएको खवर सुर्खेतबाट प्रकाशित साझा विसौनी दैनिकमा छ । नेपाली रैवारबाट