Loading... आजः २०८१ बैशाख १०, सोमबार

आचरण सुधार्नुपर्ने निष्कर्षपछि प्रशिक्षक अल्मुताइरीले लेखे, ‘आइ एम आउट’

 

काठमाडौं – राष्ट्रिय खेलकुद परिषदले बनाएको छानविन समितिले प्रतिवेदन दिए लगत्तै नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् ।

पोखरामा प्रशिक्षण गराइरहेका प्रशिक्षक अल्मुताइरीलेल एक लाइनको स्टाटस लेख्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आइ एम आउट।।लेट पोलिटिक्स वर्क ।’

राखेपलाई बुधबार प्रतिवदन बुझाउँदै छानविन समितिले प्रशिक्षक अल्मुताइरीले व्यावसायिक आचरण सुधार्नुपर्ने निष्कर्ष निकालेको थियो ।

केही समयअघि अल्मुताइरीले राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेका थिए । उनले नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङलाई आरोपित गर्दै राजीनामा दिएपछि विवाद बढेको थियो ।