Loading... आजः २०८० चैत्र १६, शुक्रबार

अरिङ्गालको टोकाइबाट दैलेखको ठाँटीकाँधमा एक जनाको मृत्यु

अन्तिम दाहसंस्कार सुर्खेतको भेरीमा  हुने

सुर्खेत –  दैलेखको ठाँटीकाँध​ गाउँपालिकामा अरिङ्गालको टोकाइबाट एक जनाको मुत्यु भएको छ ।

ठाँटीकाँध ५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाहीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको वडा अध्यक्ष पंख बहादुर शाहीले जानकारी दिए ।

बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिङ्गालले टोक्दा देवबहादुर घाइते भएका थिए ।

शाहीले स्कुल जाने बाटोमा अरिङ्गालको गोलो देखेपछि धपाउने प्रयास गरेका थिए ।सोही क्रममा गम्भीर घाइते भएका शाहीलाई क्षेत्रीय अस्पताल सुर्खेतमा आइसीयुमा राखेर उपचार गरिएको थियो ।

उपचारकै क्रममा शुक्रबार राति ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दैलेखले जनाएको छ । मृतक देवबहादुर को अन्तिम संस्कार शनिवार आज सुर्खेतको भेरीमा  अन्तिम दाहसंस्कार  हुने पारिवारीक स्रोत जनाएको छ ।