नेपालमा ६ हजार ८२७ संक्रमित, थप १० जनाकाे मृत्युु
हालसम्म ८ लाख ४२ हजार ४३६ जना निको

काठमाडौँ — नेपालमा ६ हजार ८२७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १९ हजार ८६९ परीक्षण हुँदा ६ हजार ८२७ जना संक्रमित थपिएको शुक्रबार जानकारी दिएको हो ।१३ हजार ७९१ पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ मा संक्रमण पुष्टि भएको र ६ हजार ७८ मा एन्टिजेन परीक्षण हुँदा २ हजार २० जनामा पोजिटिभ देखिएको छ ।
२४ घण्टामा निको हुनेको संख्या भने ५ हजार ४३२ रहेको मन्त्रालयले तथ्यांकमा उल्लेख छ । योसँगै हालसम्म ८ लाख ४२ हजार ४३६ जना निको भएका छन् ।
२४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको छ । बिहीबार १५ जनाको मृत्यु भएको थियो । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ







परिवर्तन संवाददाता
१४ माघ २०७८, शुक्रबार १७:५७