Loading... आजः २०८३ जेष्ठ २४, आईतवार

राष्ट्रिय वाणिज्य बैंक दैलेख शाखा एक साताका लागि बन्द

दैलेख  –  राष्ट्रिय वाणिज्य बैंक दैलेखमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकको सेवा एक साताका लागि बन्द गरिएको छ।
बैंकमा कार्यरत चारजना कर्मचारीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको बैंकले जनाएको छ।
बैंकले शुक्रबार सूचना जारी गर्दै राष्ट्रिय वाणिज्य बैंक दैलेख शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैंकबाट प्रदान गरिने सेवा हिजाे (शुक्रबार) देखि एक सातासम्मका लागि बन्द रहने उल्लेख छ।