Loading... आजः २०८२ माघ २१, मंगलवार

मालपोत कार्यालय सुर्खेतका कर्मचारीमा कोभिड-१९ संक्रमण ; सेवा बन्द

सुर्खेत – सुर्खेतको मालपोत कार्यालयका कर्मचारीमा कोभिड-१९ संक्रमण देखिएपछि मालपोत सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत पाँच जनामा कोभिड-१९ संक्रमण पुष्टी भएपछि सेवाग्राहीसँग प्रत्यक्ष जोडिएका कार्यहरु माघ २१ गतेसम्मका लागि स्थगत गरिएको हो।

कार्यालयबाट प्रवाह हुने लिखत पारित, दृष्टिबन्धक, रोक्का फुकुवा, नामसारी, दाखिला खारेजलगायतका सेवाग्राहीसँग प्रत्यक्ष जोडिएको कामकाज स्थगन गरिएको कार्यालयले जनाएको छ। दैनिक प्रशासनिक कार्यहरुलगायत, अदालत, प्रहरी र प्रशासनसँग सम्बन्धित कार्यहरु भने जारी रहने मालपोत कार्यालय सुर्खेतका कार्यालय प्रमुख जनकबहादुर हमालले बताएका छन्।